मैले शुन्य लेभलबाट नै संगित सिकेको हुँ
मलाई श्रोता दर्शकले समावेशी गायकको रुपमा चिन्नुभएको छ । अर्कोकुरा हरेक प्रकारको गीत गाउन सक्ने खुबी यो रामचन्द्रमा छ । आफ्नो आवाजलाई त्यहि अनुसार तिखारेको पनि छु । बस् यति रुपमा चिनिदिनु भए हुन्छ कि, रामचन्द्र काफ्ले नेपाली गीतसंगितको मलजलमा लागिपरेको नाम हो ।
प्रेरणा कसको रह्यो यहाँलाई सांगितिक फाँटमा होमिनका लागि ?यसको श्रेय मेरो बुबा-आमालाई नै जान्छ । जसले छोराको इच्छालाई हलचल हुन दिनुभएन । अर्को कुरा उहाँहरुको सपना छोरालाई डाक्टर इन्जिनियर बनाउनेपट्टी पनि गएन । जसको कारण आज सबैको माया पाएको छु ।
कत्तिको संघर्ष गर्नु पर्यो त स्रोता दर्शकको माया पाउनका लागि ?संघर्षत गर्नु पर्यो नै, पारिवारिक पृष्ठभूमिमा हात समाउने कोही थिएन, गीत जानेको । जसले गर्दा विगतका दिन संघर्षपूर्ण नै रह्यो भन्नुपर्छ, किनभने मैले शुन्यलेभलबाट नै संगित सिकेको हुँ । जसले गर्दा आज संघर्षको परिणाम राम्रै पाएको छु ।
हालसम्म कति गीत गाउनुभयो, सुरुवातका दिनदेखिनै सम्झनुपर्दा ?लगभग पन्ध्रसयभन्दा बढी गाएँ जस्तो लाग्छ । जुनगीत स्रोता दर्शकको मनमुटुमा सजिएको छ । अर्को कुरा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगिने सौभाग्य पनि मलाई मिलेको छ । अँ म समावेश गायक पनि हुँ ।
नेपाली चलचित्रमा पनि यहाँको आवाज कसिएको छ, कसरी पुग्नुभयो चलचित्र उद्योगमा आवाज सुम्पन ?यो सबै स्रोता दर्शकको मायाको परिणाम हो । जसले रामचन्द्र काफ्लेको खुबीलाई मूल्यांकन गरिदिनुभयो तर त्यति धेरै चलचित्रमा भने म जम्न पाएको छैन ।
आफूले रेकर्ड गरेको पहिलो गीत र व्यवसायिक रुपमा गाएको गीत ?मैले व्यवसायिक रुपमा राष्ट्रिय गीत पहिलो पटक गाएको हुँ । 'संसारकै सुन्दर छ हाम्रो नेपाल' बोलको उक्त गीत राष्ट्रिय भावनाले ओतप्रोत थियो । जसको पारिश्रमिक मैले सुरुमानै पाँच हजार पाएको थिएँ । त्यसैगरी पहिलो रेकर्डगीत भने हितैको माया बोलमा थियो ।
तपाईको गेटअप त नायक हुन लायक छ भन्छन् नि, के छ नायक बन्ने हो ?अहँ, त्यतातिर मैले सोचेको छैन । बरु अफर भने धेरै नै आयो । अनि के भने म नायक बन्नतिर लागे भने मैले शून्य लेबलबाट यात्रा थाल्नपर्छ, अर्को कुरा म 'एक्टिङ' पनि गर्न जान्दिन, बरु पैसा कमाएपछि चलचित्र निर्माण भने गर्छु, होला ।
दर्शकमाझ उभिँदाको पहिलो र अविश्मरणीय क्षण कस्तो रह्यो ?म स्कुले जीवन देखिनै स्टेजमा देखिने गर्थें । जतिखेर स्कुलमा सदन छुट्याउने चलन थियो । म भानु सदनमा पर्थें । कक्षाको म पहिलो विद्यार्थी, बिनाकारण त्यहि सदन छुट्याउने दिन अंग्रेजि पढाउने सरले मलाई पिट्नुभयो । त्यतिखेर म हुक्क हुक्क गर्दै रोइरहेको थिएँ । मलाई गीत गाउन स्टेजमा बोलाइयो, मेरो आत्मा रोइरहेको थियो । स्टेजमा गएर गीत गाउन सकिन म रोएँ र भनेछु, फलानो सरले मलाई टि्नुभयो भनेर । त्यो दिन मैले गीत गाउन खोज्दो पनि शब्दै फुटेन । त्यतिखेर मलाई अनुभव भयो- 'खुसि हुँदा दुःखको गीत गाउन सकिन्छ तर दुःखमा आत्मा रोएको पल खुसिको गीत गाउन सकिँदो रहेनछ ।
हेडफोन लगाएर स्टुडियोमा गीत गाउँदा दर्शकमाझ उभिएर नाच्दै गीत गाउँदा कस्तो महसुस हुन्छ ?स्टुडियो भित्र गाउँदा मिले नमिलेको छानी छानी गाउन सकिन्छ तर दर्शक दिर्घाको अगाडी उभिएर गाउँदा सोच्नु पर्छ । त्यहाँ प्रतिक्रिया तुरुन्तै पाइन्छ ।
नाम चलेका कलाकारहरुको पारिश्रमिकत त छोइनसक्नु हुन्छ भन्छन् कति लिनुहुन्छ एउटा गीत गाएको ?स्टुडियोमा रेकर्ड गर्दा मैले ६ हजाभन्दा बढी लिएर गाएको छैन । अर्कोकुरा स्टेजमा उत्रिदाको परिश्रमिक मैले तीस हजारसम्म पाएको छु । तर विदेशमा हुने कार्यक्रमबाट भने एकलाखसम्म पाएको छु । त्यो कार्यक्रमको समय हेरेर पनि निर्धारण गर्नुपर्छ । अनि के भने धेरै पारिश्रमिकको लागि म मरिहत्ते पनि गर्दिँन ।
यहाँको विवाह पनि गायिका सँगनै भयो हैन ?हो । मेरो विवाह गायिका जुनु रिजालसँग भएको हो । उनीसँग मेरो भेट गीत रेकर्ड गर्ने शिलशिलामा भएको हो । जतिखेर मेरो आफ्नै कम्पोजको गीत रेकर्ड गर्दै थिएँ त्यतिखेर मलाई लेडिज भ्वाइस आवश्यक पर्यो, र रमेश दाइले मलाई जुनुसँग भेटाइदिनुभयो । उनको आवाज सुनें । ममा उनको प्रभाव दिल छुनेगरि गड्यो अनि रेकर्ड गर्यों 'श्रीनगर डाँडैमा फूलफल्यो कान्छिसँग भेटहुँदा मन डुल्यो' एकै झट्कामा सुट भयो । र उनीसँगबिहे गरेहुन्छ भन्नेकुरा रमेश दाईबाट अगाडी बढ्न थाल्यो र मैले पनि उनीलाई बुझ्न छड्के चेकिङ गर्न थाले । सबैकुरा बुझेपछि प्रस्ताव गरें ।
गहिरो प्रेममा डुब्नुभएछ हैन जुनुजीसँग ?जब मैले जुनुलाई भेटैं र पछिल्लो दिनमा प्रेमको प्रस्ताव गर्ने बारे सोच्न थालें, त्यतिखेर म गहिर्राईमा डुबेको थिएँ । अनि मैले उनलाई धेरैदिन कुर्ने सकिन एकदिन खप्न नसकेर मनको पोको फ्याट्ट खोलें, उनले पनि सहमति जनाइन् । जो सँग मेरो लगनगाँठो कसियो ।
यहाँ र जुनुजी एउटै क्षेत्रमा नहुँदो भए अप्ठेरो स्थिति आउथ्यो कि देश विदेश घुमिरहँदा, त्यसबारे केहि सोच आउँदैन ?वास्तवमा नै आउनेगर्छ । किनभने नेपाली कलाकारिता क्षेत्रमा कलाकारमा पनि पत्नीबीच चर्काचर्कि पर्न थालेपछि झस्किन्छ । ओहो हामी दुशै एउटै क्षेत्रमा नभएको भए त त्यस मध्येमा पथ्यौं होला जस्तो लाग्छ । तर भगवानले हाम्रो जोडी मिलाएरै पठाइदिनुभएछ । भाग्यमा त लिएर आएको रहेछु जस्तो लाग्छ ।
नेपालको राजनीति अवस्थालाई कसरी लिनुभएको छ ?मलाई राजनीतिबारे त्यति थाहा छैन तर हाम्रा देश हाँक्ने नेता गणहरुबाट भने जनता दिक्क भएका छन् भन्ने बुझेको छु ।
केहि कलाकारहरु त राजनीतिक संगठनको पछाडी पनि हिँडिरहेका छन् नि - कलाकारले राजनीति गर्नु ठीक हो ?त्यसो गर्नु त कलाकारिताको मर्मविपरित हुन्छ जस्तो लाग्छ मलाई । अर्कोकुरा कलाकार देशको नेता भएकोले एउटा दलको नेता हुनु पुग्नु त डिमोसन हुनु हो जस्तो लाग्छ मलाई ।
रामचन्द्र काफ्लेको सबैभन्दा कमजोर पक्ष के छ जस्ता लाग्छ ?साथीभाईले सजिलै झुक्याउँछन् । मलाई बठ्याईँ गर्न आउँदैन । म जसले जे भने पनि पत्याउँछु । यहि बानी मेरो कमजोर छ । जसमा मेरो श्रीमतिको पनि गुनासो रहने गर्छ ।
अब आउने रगाउने तयारीमा रहेका गीतहरु ?सोलो एल्बमको काम भइरहेको छ। अनि 'जुनु' सँग पनि आफैंले कम्पोज गरेको गीत गर्दैछु । हाल सबै काम मैले बर्म्बईबाट गरिरहेको छु । अन कुल अधिकारीको शब्द 'सुरुसुरुमा मायाले जिउन सिकायो, पछि-पछि मायाले पिउन सिकायो' बोलको गजल गीत आउने तयारीमा छ । 'बरु बदनामै हुन्न म खुलेयाम भन्छु', हरि लम्सालको कम्पोजमा मायामा जात भात हुँदैन, काटे सबैको रगत आउने भन्ने शन्देशमुलक गीत पनि आउने तयारीमा छ ।
देशविदेशमा कार्यक्रममा सहभागीता जनाइरहँदा प्रवासी नेपालीको व्यवहार कस्तो रहन्छ आफ्ना कलाकारप्रति ?एकदमै माया पाइन्छ, परदेशमा पुगेपछि नेपालीपन झिल्किने गीत सुन्न उहाँहरु यति लालायित भएको पाएको छु कि त्यहाँ भगवान नै उत्पत्ति भएजस्ता सोच्नु हुन्छ दर्शकहरु । त्यो मायाले तानेर नै बारम्बार नेपाली कलाकार प्रवासीसँग नजिक हुन परदेश पुग्छन् ।
अब रामचन्द्र काफ्ले सांगितिक घेराबाट फुत्किदैनन भन्नेमा दर्शक स्रोता ढुक्क भए हुन्छ ?ओहो मेरो जिन्दगीलाई नै मैले संगीतमा र्समर्पण गरिसकेको छु । अर्कोतिर मोडिएँ भने त म शुन्य तहबाट उठ्नु पर्छ । अहँ म यो क्षेत्रबाट कतै डगमगाउँदिने ।
अन्त्यमा आफ्ना दर्शक श्रोतालाई भन्नैपर्ने कुरा ?जति माया गरिरहनु भएको छ निरन्तर गर्नस् र नेपाली गीत संगीतलाई देश परदेश जहाँ पुगेपनि टाढाको नसम्झनुस् । नेपाली गीत संगीतको क्षेत्रलाई अझ धनी बनाउन यो रामचन्द्र काफ्ले सँधै तयार रहनेछ, यति सम्झनुस ।
COMMENTS