TODAY'S CARTOON

articles

श्याम श्रेष्ठ

उच्चस्तरीय संयन्त्रको निम्नस्तरीय गति

स्थितिको जटिलता कि जटिल पारिएको स्थिति ?

काबुभन्दा बाहिरको परिस्थितिले जब स्थिति जटिल बन्छ तब अपरिहार्य दुर्घटना वा विनाश पैदा हुन्छ । जब मुख्य पात्रहरू स्वयम्ले काबुभित्रको सरल स्थितिलाई पनि नियतवश जटिल बनाउँछन् तब स्वेच्छिक महादुर्घटना वा महाविनाश पैदा हुन्छ । नेपालको वर्तमान राजनीतिक परिस्थिति जटिल त हो, तर स्वयम्मा काबुबाहिर भइसकेको परिस्थिति होइन । नेपालमा ठूला दलका नेताहरू अझै पनि सँगै बस्नसक्छन्, मजाले संवाद गर्नसक्छन् र चाहे भने अहिले पनि जटिलतम समस्याको गाँठो फुकाउन सक्छन् । नेपालको स्थितिको सकारात्मकता के हो भने प्रमुख पात्रहरूबीच संवादहीनता वा सहमतिहीनताको स्थितिमा हाम्रो देश पुगिसकेको छैन । त्यसैले इमानका साथ प्रयास गरे अहिलेे पनि नेपालको वर्तमान सङ्कट समाधान हुन सम्भव छ । तर यसलाई उद्देश्यमूलक ढङ्गले जटिल बनाइएको छ, त्यसैले यो समाधानविहीन भइरहेछ र महाविनाशतिर लम्किरहेछ ।

नेपालमा यतिखेरको राजनीतिक परिस्थितिको मूल समस्या र नकारात्मकता के हो भने हाम्रा राजनीतिको लगाम समातेका मुख्य पात्रहरू इमानदार र उत्तरदायी हुनसकेका छैनन् । उनीहरू देश र जनताप्रति र आफूले प्रतिनिधित्व गरेको वर्गप्रति पनि इमानदार र जवाफदेही हुनसकेका छैनन्, आफ्नै राजनीतिक दल र दलको घोषित सार्वजनिक प्रतिबध्दता र लोकतान्त्रिक मूल्य मान्यताप्रति पनि इमानदार र उत्तरदायी हुनसकेका छैनन् । सत्तालिप्सा र आफ्नो सानो कोटरीको हितलाई मूल केन्द्रबिन्दु बनाएर भइरहेको नितान्त आफूकेन्द्री राजनीति नै नेपालको यतिबेलाको सङ्कटको मुख्य कारण हो ।

नेपालको यतिखेरको राजनीतिक सङ्कटको जरो कहाँ देखिन्छ भने हाम्रा राजनीतिक दलहरू राजारूपी सिंहको अत्यधिक ज्यादती र डरको कारणले मात्र एकआपसमा मिले, राजारूपी सिंह जब मैदानमा रहेनन् एकले अर्कोथरीलाई नै सिंह देख्नथाले र एकले अर्कोथरीलाई सत्तासाझेदारीबाट निषेध गर्ने ध्येयले आपसमा लड्नथाले । अहिलेको सङ्क्रमणकालीन क्रान्तिकारी परिस्थितिमा एकले अर्कोथरीलाई मित्र र सहयात्री देखेनन्, एकले अर्कोथरीको महत्त्व र आवश्यकताबोध गरेनन् । संसदीय दलहरूको माओवादीलाई हेर्ने वर्गदृष्टिकोणमा रहेको खोट र माओवादीको संसदीय दलहरूलाई हेर्ने वर्ग विश्लेषणमा रहेको दोष नै अहिलेको सङ्कटको मूल कारण हो ।

चुनाव हुनुपर्ने तर आफूले अपेक्षा राखेको परिणाम आए मात्र जनादेश स्वीकार गर्ने नत्र नगर्ने भन्ने दृष्टिकोण संसदीय लोकतान्त्रिक मूल्यमान्यता कदापि हुनसक्दैन । तर नेपालमा के देखियो भने संसदीय दलहरूले माओवादीले चुनाव त लडोस् भन्ने चाहे, तर चुनावमा पहिलो भएर आएको स्वीकार्न र खप्नसकेनन् । जनताको जनादेशले राखेको हैसियतमा उनीहरू मिलीजुली सरकारमा बस्न तयार भएनन् । बरु निर्वाचन परिणामपछि संविधानसभाको दुईतिहाइ बहुमतबाट मिलीजुली सरकार चलाउनुपर्ने भन्ने अन्तरिम संविधानको बाध्यकारी प्रावधान नै बदल्न काङ्ग्रेस र एमालेले पहल गरे । चुनावपछिको चार महिनासम्म काङ्ग्रेस नेतृत्वले माओवादीको प्रधानमन्त्रीत्वमा सरकार नै बन्न दिएन, जब बन्यो सरकारमा बसेन । परन्तु काङ्ग्रेसले जनतासामु पस्केको चुनावी घोषणापत्रमा भने परिणाम जेसुकै आए पनि सरकार संविधानसभाभित्रका मुख्य दलहरू मिलेर बनाउने भन्ने कुरा स्पष्ट रूपमा उल्लेख थियो ।

शिशु गणतन्त्र, शान्ति प्रक्रिया र संविधानसभाको सफलताको लागि देश र जनताको आवश्यकता, जनताको जनादेश, आफ्नो चुनावी प्रतिबध्दता पनि सहमतिको सरकार, तर मुख्य संसदीय दलहरूको चुनावपछिको र देशमा गणतन्त्र घोषित भएपछिको अडान भने ३०१ को बहुमतीय सरकार । यो हाम्रा संसदीय दलको इमान र जवाफदेहीताको अभावको उदाङ्गो उदाहरण हो । यहीँबाट गणितीय खेल र नेपाली राजनीति सङ्कटग्रस्त हुने सिलसिला सुरु भएको हो । त्यसैले अहिलेकोे महासङ्कटलाई जरैमा समाधान गर्ने हो भने चुनावको जनादेशबमोजिम मिलीजुली सरकार, सत्तासाझेदारी तथा सहमतिको शासनको आवश्यकता स्वीकार्न संसदीय दलहरू सहर्ष तयार हुनुपर्छ ।

उता वर्तमान सङ्कटको अर्को जरो कारण के देखिन्छ भने देशमा लोकतान्त्रिक गणतन्त्र घोषणा हुनेबित्तिकै माओवादी नेतृत्वले आफ्नो प्रमुख दुश्मन र प्रहारलक्ष्य सोलोडोलो रूपमा नेपाली काङ्ग्रेसलाई ठान्न थाल्यो । उसको प्रमुख शत्रु त देशीय सामन्तवाद, भर्खरै सत्ताच्युत गरिएका प्रतिगमनकारी तत्वहरू, दलाल-नोकरशाही ठूला पुँजीपति र सम्भ्रान्त वर्गहरू, अन्तर्राष्ट्रिय र राष्ट्रिय दक्षिणपन्थी प्रतिक्रियावाद हुनुपथ्र्यो । जुन हदसम्म नेपाली काङ्ग्रेसको नेतृत्वले देशमा प्रगतिशील परिवर्तनमा साथ दिन्छ उसित त्यो हदसम्म सहमति र सहकार्य गरेर जाने नीति हुनुपथ्र्यो । नेपाली काङ्ग्रेसलाई सोलोडोलो एउटै सोच राख्ने यथास्थितिवादी प्रतिक्रियावादी समूहका रूपमा हेर्नु गलत थियो । त्योभित्र पनि गणतन्त्र, शान्ति र अग्रगामी परिवर्तन खोज्ने तत्वसित मिलेर जाने, यथास्थिति, युध्द वा प्रतिगमन खोज्ने तत्वलाई परास्त गरेर र एक्ल्याएर जाने माओवादीको नीति हुनुपथ्र्यो । काङ्गे्रसको वर्गविश्लेषणमा गरेको यही भूलले गर्दा माओवादीले चुनावपछि काङ्ग्रेसलाई प्रतीकात्मक राष्टपतिको पद दिएर सत्ता साझेदारी गर्न इन्कार गर्‍यो, सरकारमा ल्याउन रक्षा वा यही कोटिको एउटा महत्वपूर्ण मन्त्रालय दिन पनि इन्कार गर्‍यो । चुनाव परिणामको प्रतिक्रियामा सरकारमा हरतरहले बस्न नखोज्ने काङ्ग्रेस नेतृत्व, भरमग्दुर प्रयास गरेर ल्याउन नखोज्ने माओवादी नेतृत्व, चुनाव परिणाम स्वीकार्न र पचाउन नसकेर निर्वाचनपछि सत्ता साझेदारी भङ्ग गर्न खोज्ने काङ्ग्रेस नेतृत्व र भङ्ग भए पनि होस् भनेर सत्तासाझेदारीका लागि यथेष्ट मिहिनत नगर्ने माओवादी नेतृत्वबीच तादात्म्य देखियो । यसैको परिणाम अहिलेको दलहरूबीचको राजनीतिक दूरी, चरम अविश्वास र देशको भयावह राजनीतिक सङ्कट हो । त्यसैले अहिलेको जटिल राजनीतिक परिस्थितिलाई सहजतामा बदल्ने हो भने माओवादीले काङ्ग्रेस पार्टीलाई मुख्य शत्रु वा प्रहारलक्ष्य ठान्न छोड्नुपर्छ ।

यतिबेला काङ्ग्रेस नेतृत्वले के बिर्सिरहेको देखिन्छ भने माओवादीसित विजय उन्मुख बलियो सेना नहुँदो हो त राजा ज्ञानेन्द्र जस्तो अति क्रूर र हठी व्यक्तिको शासनकालमा अत्यन्त अलोकपि्रय बनेको तत्कालीन काङ्ग्रेस नेतृत्व दशकौँसम्म जेलमा सडेर रहनुपर्ने स्थिति हुन्थ्यो । बिपी कोइराला र गणेशमान जस्ता अति लोकपि्रय व्यक्तिहरूले समेत केही भूल नगर्दा नगर्दर्ै महेन्द्रको श्ाासनकालमा सैन्यशक्तिकै बलमा सत्ताबाट अपदस्थ भएर वर्षौंसम्म जेल भोग्नुपरेको काङ्ग्रेस नेतृत्वले भुल्नु इतिहासबाट कुनै पाठ नसिक्नु हो ।

त्यस्तै माओवादी नेतृत्वले के बिर्सिरहेको देखिन्छ भने काङ्ग्रेसको उपस्थिति नभएको भए अहिलेको गणतान्त्रिक परिवर्तन, संविधानसभा र अन्य परिवर्तनकारी एजेन्डालाई यति ठूलो अन्तर्राष्ट्रिय वैधता र समर्थन कदापि प्राप्त हुनसक्ने थिएन । उनीहरू अहिलेसम्म जङ्गलमा नै रहिरहेका हुन्थे । माओवादी र संसदीय दलहरू दुवैथरीको मिलनले मात्र, दुवैथरीको ऊर्जाको संयोगले पैदा भएको महाऊर्जाले मात्र यति छिटो, यति सजिलै र यति शान्तिपूर्वक नेपालमा लोकतान्त्रिक गणतन्त्र, संविधानसभा र अरू सबै उथलपुथलकारी परिवर्तन सम्भव बनेको हो । परन्तु आश्चर्य, दुवैथरीले यतिबेला आएर अर्कोथरीको महत्त्व र आवश्यकता देखिरहेका छ्रैनन् । खोलो तर्‍यो लौरो बिस्र्यो भने झैँ भएको छ । अहिलेको सङ्कट समाधान गर्ने हो भने सर्वप्रथम यो गलत र कृतघ्न सोच दुवैथरीले बदल्नु आवश्यक छ । दुवैले दुवैको महत्त्व र आवश्यकता बुझ्नु जरुरी छ । एमाले जुन पक्षमा हुन्छ त्यतै बहुमत हुने स्थिति निर्वाचनपछि पैदा भएको छ । यस परिस्थितिमा एउटा वैज्ञानिक समाजवादी सिध्दान्त बोकेको दलका रूपमा एमालेको यतिबेलाको महत्व अग्रगामी परिवर्तनको पक्षमा उसले निणर्ायक मध्यस्थकारी राजनीतिक शक्ति भएर भूमिका खेल्नुमा थियो । परन्तु उसले पनि जनादेशमुताबिकको आफ्नो स्थिति, भूमिका र महत्व ठीकसित ठम्याइरहेको देखिँदैन । अहिलेको सङ्कट समाधान गर्न निणर्ायक मध्यस्थ हुनुपर्ने पार्टी आफैं एउटा जनादेशले कतै नदिएको सत्तागत पक्ष भएको छ र सङ्कटको कारण भएको छ । एमाले नेतृत्वले सत्तालिप्सा छोडेर अहिलेको सङ्कट निवारणमा फेरि पनि निणर्ायक मध्यस्थकर्ताको भूमिका खेल्न तयार हुने हो भने अहिलेको सङ्कट निवारण हुन चार दिन पनि लाग्नेछैन ।

संसदीय दलहरूले कहिल्यै कुरो नमिलेको साझा सङ्कल्प प्रस्तावको रट महिनौंसम्म लाइरहनुको सट्टामा राष्ट्रपतिको अधिकार क्षेत्र प्रतीकात्मक राष्ट्रपतिका हुने कुरा प्रष्ट हुने गरी संविधान संशोधन प्रस्ताव ल्याएर त्यसैमा माओवादीलाई निर्धक्क बोल्ने अवसर दिनुमा उनीहरूको बुध्दिमानी प्रतिविम्बित हुनसक्छ । सत्तारुढ संसदीय दलहरूले सार्वभौम संविधानसभा वा संसद्मा देशमा यति ठूलो सङ्कट सिर्जना गर्ने कुनै पनि राजनीतिक मुद्दा बारे संसद्मा छलफल गर्न सकिँदैन भनेर हठ लिनु नितान्त अलोकतान्त्रिक र असंसदीय कुरो हो । माओवादी नेतृत्वले संसद्को अवरोध लम्ब्याउनुको सट्टामा प्रमुख प्रतिपक्षको अधिकार प्रयोग गरेर आफूले नागरिक सर्वोच्चताका बारेमा बोल्नुपर्ने कुरा व्यवस्थापिका संसद्मा निर्धक्क एकदिनभरि वा दुई दिनभरि बोले हुन्न र रु यसमा कसले छेकबार लाउनसक्छ रु संविधान निर्माणका लागि सारा शक्ति केन्दि्रत गर्नु अहिलेको अहम् घडीमा सङ्कल्प प्रस्तावकै अडानमा ऊ आधा वर्ष संसदलाई अवरुध्द पारेर बसिराख्नुमा कुनै दूरदर्शिता देखिँदैन । चार दिन लागोस् कि दश दिन, अहिले तीनै दलका निणर्ायक नेताहरू हाकाहाकी संवाद, आत्मसमीक्षा र सङ्कट समाधानका लागि एकान्त वार्ताको टेबुलमा बस्न आवश्यक भएको छ । अहिले नेपालको राजनीतिक सङ्कट नेपालको प्रमुख राजनीतिक दलको नेतृत्वद्वारा जानाजान सिर्जित सङ्कट हो




COMMENTS

COMMENT THIS ARTICLES

OTHER ARTICLES

दुई समस्या, दुई समाधान
- प्रा. एसडी मुनी
नेपाल क्रीडास्थल होइन
- लोकेन्द्र विष्ट मगर
ढले 'एमपी बलबहादुर’
- कुलचन्द्र न्यौपाने
नक्कली भोकमरी
- डा. अरुणा उप्रेती
हिंसा राजकाज
- आनन्दराम पौडेल
अर्को धोका नहोस ?
- लक्की चौधरी
इतिहासको मूल्यांकन गरौं
- मोदनाथ प्रस्रित
सन् २००८ मा खेलकुद
- कृष्णराज खनाल
मसाज केन्द्रमा यौन धन्दा
- शुकदेव चापागाईं
  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info