TODAY'S CARTOON

articles

लीलानाथ घिमिरे

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

लोडसेडिङको विकल्प

 बढ्दो लोडसेडिङले दिक्दार हुनुभएको छ ? सौर्य ऊर्जा तपाईको समाधान हुन सक्छ । जस्तो राजधानीको जोरपाटीका हरीश गौतमलाई भएको छ । उनले गत वर्ष सौर्य ऊर्जा प्रणाली जडान गरेपछि लोडसेडिङको चिन्ता गर्नुपरेको छैन । विद्युत्को संकट निकट भविष्यमा हट्ने अवस्था नदेखिएकाले सौर्य ऊर्जाको उपयोग घरेलु उपभोक्ताका लागि राम्रो विकल्प हुने देखिएको हो । बिजुली नपुगेका ग्रामीण भेगमा मात्र यसअघि सोलारको प्रयोग हुँदै आएकामा केही वर्षयता सहरी क्षेत्रका बासिन्दा समेत यसप्रति आकषिर्त भएका छन् । यसले गर्दा बजारमा सौर्य ऊर्जा उत्पादन गर्ने सामग्री उत्पादकको संख्या बढ्दै गएको छ ।



के हो सौर्य ऊर्जा ?



सूर्यको ताप र प्रकाशबाट ऊर्जा प्राप्त हुन्छ । तापलाई संकलन गरेर खाना पकाउने, पानी तताउने लगायत काममा प्रयोग गर्न सकिन्छ । यो थर्मल प्रविधि हो । प्रकाशलाई चजे बिजुलीमा परिणत गर्न सकिन्छ । यसलाई फोटो भोल्टाइक (पिभी) प्रविधि  भनिन्छ । थर्मलमा सीधै तापलाई संकलन गरिन्छ । पिभीमा माइक्रोक्रिस्टलाइन सिलिकनले बनेको प्यानलमा प्रकाश परेपछि त्यसमा रहेको क्रिस्टलमार्फत विद्युत् उत्पादन हुन्छ । घाम पावरका इन्जिनियर अभिशेक मल्लका अनुसार प्रकाश परेका बेला मात्र विद्युत् उत्पादन हुने भएकाले यसलाई ब्याट्रीलगायत डिभाइसमा भण्डारण गरिन्छ । संकलन भएको विद्युत्लाई आफूलाई चाहिएका बेला सबै प्रकारका विद्युतीय सामग्री चलाउन उपयोग गर्न सकिन्छ ।



नेपालमा सौर्य ऊर्जा



यहा सन् १९५० तिर घामको तापबाट पानी तताउने थर्मल प्रविधि भित्रिएको हो । त्यसको निकै समयपछि फोटोभोल्टाइक प्रविधिबाट विद्युत् निकाल्न सुरु भयो । विसं २०५३ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापनापछि यसले विभिन्न दातृ निकायको सहयोगमा विद्युत् नपुगेका ग्रामीण भेगमा सोलार जडान गर्न अनुदान दिन थाल्यो । त्यसपछि सोलारको विस्तार तीव्र रूपमा हुँदै आएको काइनेटिक इनर्जीका प्रबन्ध निर्देशक केशव दाहाल बताउँछन् । केन्द्रका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ग्रामीण भेगमा ५६ हजार ८ सय ४१ सोलार जोडिएका थिए । यस्तै चालू आर्थिक वर्षमा ६५ हजार सोलार जडान गर्ने लक्ष्य केन्द्रले राखेको छ ।



बजारमा रहेका अधिकांश कम्पनी सरकारी अनुदानको सोलार जोड्न गाउँमा केन्दि्रत छन् । काइनेटिकका दाहालका अनुसार बिजुली नपुगेका क्षेत्रका बासिन्दाको मागअनुसार कम्पनीले सोलार जोडेर अनुदानका लागि बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग अनुदानको दाबी गर्छन् ।



केन्द्रले तोकेको मापदण्ड अनुसार जडान भएको पाइए सुगम, दुर्गम र अति दुर्गममा विभाजन गरिएका ठाउँ र सोलारको क्षमता अनुसार २ हजारदेखि १० हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउँछ । मुलुकमा रहेका १ सय २० भन्दा बढी कम्पनीमध्ये अधिकांश त्यही अनुदानको सोलार जडानमा केन्दि्रत छन् । 'विद्युत् प्रसारण लाइन नपुगेका ग्रामीण भेगका बासिन्दालाई सोलारबाट बत्ती बाल्न पाउँदा जीवनशैलीमा ठूलो परिवर्तनको महसुस हुन्छ,' काठमाडौं पावर कम्पनीका संचालक सोमेश केसीले भने, 'त्यसैले त्यहाँ सोलार राख्ने लहर चलेको छ ।'



गाउँबाट सहरतिर



समय बदलिएको छ । बढ्दो लोडसेडिङले सोलारको बजार केही समययता सहरमा बिस्तार हुँदै गएको छ । सोलार बत्ती जडान गर्न आफूले बाल्ने बत्ती र चलाउने उपकरणका आधारमा खर्च लाग्ने अल्ट्रा सोलार इनर्जीका प्रबन्ध निर्देशक केआर खनाल बताउँछन् । उनका अनुसार सामान्य ५ वाटको बत्ती बाल्न ५ हजार रुपैयाँ भए पुग्छ । सहरका बासिन्दाले कम्प्युटर, टिभी, पि|mजलगायत उपकरण चलाउने भएकाले त्यसका करिब १ लाख रुपैयाँ खर्च हुने सोलार उत्पादकहरू बताउँछन् ।



'सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।



बजारमा सौर्य ऊर्जा उत्पादक



वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ग्रामीण भेगमा सोलार जडानमा अनुदानको व्यवस्था गरेपछि यसका उत्पादक/वितरक बजारमा धेरै देखिएका छन् । बजारमा १ सय २० भन्दा बढी सोलार कम्पनी रहेको काइनेटिक इनर्जीका दाहाल बताउँछन् । तीमध्ये ७४ वटा सौर्य ऊर्जा उत्पादक संघमा आबद्ध छन् । बजारमा स्वाभिमान ऊर्जा विकास कम्पनी, सूर्योदय ऊर्जा, बायो इनर्जी, काठमाडौं पावर, लुजा नेपाल, सनराइज, ऊर्जा घर, सौर्य इनर्जी, काइनेटिक, नेपाल ऊर्जा विकास, लेकबेसी सौर्य ऊर्जा, सूर्य ज्योति, नारायणी ऊर्जा शक्ति, नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी, कृष्ण गि्रल, लार्सन इनर्जी लगायतले सोलार वितरण गर्दै आएका छन् ।



बजारमा अल्ट्रा सोलार इनर्जी, घाम पावरलगायत कम्पनीले सहर केन्दि्रत गरेर आफ्ना उत्पादन बजारमा लगिरहेका छन् । त्यही बजार हेरेेर भर्खरै स्मार्ट पावर नामक कम्पनी भित्रिएको छ ।



बजारमा अधिकांश कम्पनीले सोलार प्यानल जर्मनी, चीन, थाइल्यान्ड, भारत, कोरिया लगायत मुलुकबाट ल्याउँछन् । त्यस्तै ब्याट्री धेरैजसो बंगलादेश र भारतबाट आउछ । नेपालमा कुलायन ब्रान्डको ब्याट्री उत्पादन हुने गरेको छ । सोलार उत्पादक कम्पनीले प्यानलमा १० वर्षदेखि २५ वर्षसम्मको वारेन्टी दिने गरेका छन् । ब्याट्रीलगायत सामग्रीमा ५ वर्षसम्मको वारेन्टी दिने गरेको उनीहरूको भनाइ छ । केही कम्पनीले बैंकसँगको सहकार्यमा किस्ताबन्दीमा पनि सोलार उपलब्ध गराउदै आएका छन ।



अल्ट्रा इनर्जीले घरमा बत्ती बाल्नेदेखि उद्योग सञ्चालन गर्न आवश्यक पर्ने सबै प्रकारका सोलार सिस्टम उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक खनालले बताए । 'हामीकहाँ ५ हजारदेखि ५० रुपैयाँसम्मका डिसी र ४० हजारदेखि लाखौं रुपैयाँका एसी सिस्टम छन्,' उनले भने, 'सोलारको सबै प्रकारको समस्या समाधान गर्ने क्षमता हामीसँग छ ।' मुलुकभर सेवा केन्द्र रहेको कम्पनीले बिक्रिपछिको सेवाका लागि आफ्ना प्राविधिक हरदम तयार रहने दाबी गरेको छ । कम्पनीले थर्मल सोलारका सामग्री समेत उपलब्ध गराउँछ ।



बजारमा स्मार्ट पावरले भर्खरै सोलारका सबै प्रकारका सामग्री भित्र्याएको छ । आफ्नै ब्रान्डमा सबै सामग्री भित्र्याउने स्मार्ट पहिलो कम्पनी भएको निर्देशक विजय खड्गीले दाबी गरे । कम्पनीले घरमा २ वटा वत्ती बाल्न मिल्ने सिस्टम ५ हजार रुपैयाँमा उपलब्ध गराउने उनले जानकारी दिए । 'हामी उपभोक्ताको आवश्यकता अनुसार जतिसुकै क्षमताको सोलार उपलब्ध गराउन सक्छौं,' उनले भने ।



कम्पनीले ल्याएका डिसी र एसी लेड बल्ब कम विद्युत् खपत गर्ने रहेको प्रबन्ध निर्देशक बबिन मानन्धरले दाबी गरे । कम्पनीले सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा २ वर्ष र बत्तीलगायत अन्य सामग्रीमा १ देखि २ वर्षसम्मको वारेन्टी दिएको छ ।



घाम पावरले सोलार लिन चाहनेलाई क्लिन इनर्जी डेभलपमेन्ट बैंकसँग मिलेर किस्ताबन्दीमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका इन्जिनियर मल्लका अनुसार १० प्रतिशत रकम बुझाएपछि ५ वर्षमा तिरिसक्ने गरी बैंकले तोकेको ब्याजमा कम्पनीले सोलार जडान गरिदिन्छ ।



'उपभोक्ताले कुनै सम्पत्ति धरौटी राख्नु पर्दैन,' उनले भने, 'सोलारलाई नै धरौटीका रूपमा राख्छौं ।' कम्पनीले प्यानलमा २५ वर्ष, ब्याट्रीमा ५ वर्ष र अन्य सामग्रीमा २ वर्ष वारेन्टी दिने उनले बताए । कम्पनीले सहरका उपभोक्तालाई लक्षित गरी ल्यापटप, एलसिडी टिभी, पि|mज, केही समय पानी तान्न मिल्ने सोलार सिस्टम १ लाख ४९ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने इन्जिनियर मल्लले बताए ।



नेपालमा सम्भावना



ऊर्जा संकटका कारण बर्सेनि लोडसेडिङको मात्रा बढाइरहेकाले घरेलु उपभोक्तालाई सौर्य ऊर्जा उपयुक्त विकल्प हुने उत्पादकहरूको दाबी छ । सरकारले १२ अर्ब लगानी गरेर थर्मल प्लान्ट जडान गर्न लागिरहेका बेला त्यो राज्यका लागि दीर्घकालीन रूपमा भार हुने अल्ट्रा इनर्जीका प्रबन्ध निर्देशक केआर खनाल बताउँछन् । 'थर्मल प्लान्ट जोड्न भन्दा त्यसबाट नियमित विद्युत् उत्पादन गर्न निकै महँगो पर्छ,' उनले भने, त्यसको साटो सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउने हो भने निजी क्षेत्रले सोलार जडान गरेर तत्कालै विद्युत् संकट समाधानमा सघाउन तयार छौं ।'



घाम पावरका इन्जिनियर अभिशेक मल्ल पनि नेपालमा सौर्य ऊर्जाको पर्याप्त सम्भावना रहेको बताउछन् । नेपाल ३० डिग्री उत्तरी अक्षांशमा रहेकाले वर्षमा ३ सय दिन घाम लाग्ने उनले बताए । 'सूर्यको प्रकाश लामो समय रहने भएकाले नेपालमा सौर्य ऊर्जा उत्पादनको धेरै सम्भावना छ,' उनले भने । घामै नलाग्ने मुलुकमा समेत ठूलो परिमाणमा विद्युत् उत्पादन भइरहेको उदाहरण दिँदै उनले नयाँ घर बनाउँदा सोलार जडान गर्नेलाई सरकारले करमा छुट दिएर प्रोत्साहन गर्नुपर्ने बताए ।



इन्जिनियर मल्लले पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक जगन्नाथ श्रेष्ठसँग मिलेर गरेको अध्ययनले हरेक विद्युत् उपभोक्ता परिवारले ३५ हजार रुपैयाँ लगानी गरेर सोलार राख्ने हो भने अहिलेको सम्पूर्ण विद्युत् बचत गरेर औद्योगिक उपभोक्तालाई उपलब्ध गराउन सकिने दाबी गरेको छ । उनीहरूका अनुसार विद्युत् प्राधिकरणका २० लाख ५३ हजार २ सय ५९ उपभोक्तामध्ये करिब ९५ प्रतिशत अर्थात् १९ लाख ४८ हजार ९ सय ६६ उपभोक्ता घरेलु छन् । तीमध्ये करिब ३ लाख २३ हजार उपभोक्ता ७५ युनिटभन्दा कम र ८ लाख ७७ हजार उपभोक्ता २० युनिटभन्दा कम विद्युत् खपत गर्ने छन् । 'तिनलाई १ सय वाटको सोलारले हुन्छ,' मल्लले भने, त्यो सिस्टम जडान गर्न करिब ३५ हजार रुपैयाँ भए पुग्छ ।' त्यसबाट लेडबत्ती, टिभी र एलसिडी टिभी चलाउन सकिने उनले बताए ।



'सरकारले अनुदानभन्दा करमा छुट, सोलार उत्पादकलाई करमा सहुलियत दिने हो भने सबैले सोलार जडान गर्न सक्छन्,' उनले भने, 'सहुलियत दरमा ऋण उपलब्ध गराए त्यसले सोलार प्रयोगमा व्यापकता ल्याउँछ । लोडसेडिङ हटाउन यसले सघाउँछ ।'  सहरका बासिन्दाले घर निर्माण गर्न गरेको लगानीको १ प्रतिशत मात्र थप खर्च गरेर सोलार जोड्दा विद्युत् समस्या समाधान हुने अल्ट्रा इनर्जीका प्रबन्ध निर्देशकक खनालले दाबी गरे । 'वैकल्पिक ऊर्जा जोड्नलाई करमा छुट, थोरै मात्र भए पनि अनुदानको व्यवस्था सरकारले गर्नुपर्छ,' उनले भने, 'यसका लागि सरकारले छुट्टै नीति ल्याउनु आवश्यक छ ।'कान्तिपुर



COMMENTS

COMMENT THIS ARTICLES

OTHER ARTICLES

पहिचान रक्षाको घडी
- दयालबहादुर शाही
नेपाली सेनामा मधेसीको स्थान
- केशरबहादुर भण्डारी
यसरी भयो ओसामाको अन्त्य
- राजेन्द्र थापा
यसरी भइन्छ स्वस्थ
- जीवन प्रसाईं
सेनाको राजनीति
- विश्वमणि पोखरेल
झिनोमसिनो झापटको इसारा
- खगेन्द्र संग्रौला
अनमिनको विदाइभोज
- राजेन्द्र महर्जन
चरम उपेक्षामा पर्यटन वर्ष
- गजेन्द्र बुढाथोकी
६१ वर्षमा ६५ हवाई दुर्घटना
- भोजेन्द्र बस्नेत
नयाँ वर्ष 'नेपाल सम्वत्'
- रमेशप्रसाद राजभण्डारी
दुई समस्या, दुई समाधान
- प्रा. एसडी मुनी
नेपाल क्रीडास्थल होइन
- लोकेन्द्र विष्ट मगर
ढले 'एमपी बलबहादुर’
- कुलचन्द्र न्यौपाने
नक्कली भोकमरी
- डा. अरुणा उप्रेती
हिंसा राजकाज
- आनन्दराम पौडेल
अर्को धोका नहोस ?
- लक्की चौधरी
इतिहासको मूल्यांकन गरौं
- मोदनाथ प्रस्रित
सन् २००८ मा खेलकुद
- कृष्णराज खनाल
मसाज केन्द्रमा यौन धन्दा
- शुकदेव चापागाईं
  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info